जुम्लामा ग्यास लिक हुँदा आगलागी

जुम्लामा ग्यास लिक हुँदा आगलागी

सुर्खेत :  जुम्लामा ग्यास लिक हुँदा आगलागी भएको छ । चन्दनाथ नगरपालिका-६ बर्सपार्कमा घरका भएका मेघराज न्यौपानेको घरमा ग्यास लिक हुँदा आगलागी भएको हो ।

जुम्लाका प्रहरी नायव उपरीक्षक प्रलात घर्तीले न्यौपानेको चार तलाको घरको भूइँतलामा ४ वटा कोठा र माथि तला जाने भर्याङमा क्षति पुगेको जनाएका छन् ।

घरमा भाडामा बसेका नवराज खड्का खानाले ग्यास बालेर तरकारी पकाउँदै गर्दा ग्यास सिलिन्डर ढल्दा उक्त घटना भएको घर्तीले कताएका छन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दमकको सायताबाट आगो नियन्त्रणमा ल्याएका छन् । मानवीय क्षति नभएको र भूइँलताका ४ वटा कोठामा भएको क्षतिको विवरण बाँकी रहेको घर्तीले जानकारी दिएका छन् ।

प्रतिक्रिया