विद्यार्थीको निःशुल्क आँखा जाँच

विद्यार्थीको निःशुल्क आँखा जाँच

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर -५ मा रहेको यमुना नन्द नमुना माविमा अध्यनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ । मुसिकोट १ खलंगाको त्रिवेणी चोकमा रहेको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरले २ सय २४ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको हो । जसक्रममा ४२ जना विद्यार्थीमा नजिकको दृष्टि दोषको समस्या देखिएको दृष्टि विशेषज्ञ मन्दिप गौतमले बताए ।

उनका अनुसार १० जनाको आँखा डेडे रहेको, १२ जनामा एलर्जी र १ जनामा आँखा सुख्खा हुने समस्या भेटिएको छ । बालविकास देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको आँखा जाँच गरिएको उहाँको भनाई छ । समस्या देखिएका विद्यार्थीलाई आवश्यकता अनुसार चश्मा र औषधी सशुल्क रुपमा उपलब्ध गराइएको बताए ।

विद्यार्थीहरुमा आँखा सम्बन्धि विभिन्न समस्या देखिने तर नियमित जाँच नहुने अवस्थालाई मध्यनजर गरेर निःशुल्क आँखा जाँच कार्यक्रम संचालन गरिएको गौतमले बताए । आँखा जाँच कार्यक्रममा दृष्टि विशेषज्ञ गौतम सहित नेत्र सहायक पुष्पा पोख्रेल पनि खटिएका थिए ।

प्रतिक्रिया