रोकिएको सैनिक भर्ना प्रक्रिया सुरु

काठमाडौँ : नेपाली सेनामा भर्ना प्रक्रिया सुरु भएको छ। नेपाली सेनाको आ।ब २०७९/८० को रिक्त पदपूर्ति गर्न सञ्चालन भएको भर्ना प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट परेपछि सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो । तर अदालतले अन्तिम सुनुवाइ गर्दै भर्ना प्रक्रिया अगाडि बढाउन बाटो खोलिदिएपछि लोकसेवासहित सबै सुरक्षा निकायमा भर्ना प्रक्रिया सुचारु भएको हो ।
गत भदौ २४ गते सैन्य पद तथा ३१ गते अधिकृत क्याडेटको भर्ना प्रक्रिया सुरु भएको थियो। सर्वोच्चले मंसिर १२ रोक्न आदेश दिएको थियो । माघ २४ गते सञ्चालन गर्न बाटो खोलिदिएपछि प्रक्रिया अघि बढेको हो ।
भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य पदको लागि फागुन १० गते सम्पर्क गर्न मिति तोकेको छ । अधिकृत क्याडेट पदको परीक्षा फागुन १० गतेबाट सञ्चालन हुने भएको छ । सैन्य पदको परीक्षा सञ्चालनको मिति तोक्न बाँकी रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया