गुण एयरलाइन्सका जहाज उडान बन्द गर्न निर्देशन

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका जहाज उडान बन्द गर्न निर्देशन दिएको छ । गुण एयरलाइन्सले पाइलट तथा क्रु मेम्बरलाई समयमै तलब नदिएको उजुरीपछि प्राधिकरणले उडान बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका एक अधिकारीका अनुसार पाइलट र क्रु मेम्बरलाई समयमै तलब नदिँदा उडान सुरक्षा जोखिम हुनाले उडान रोकिएको हो । गुण एयरलाइन्सले यति एयरलाइन्ससँग जहाज खरिद गरी सञ्चालन गर्दै आएको थियो ।
तर कम्पनीले व्यावसायिक रुपमा सफलता हासिल गर्न नसकेपछि संकटमा छ । नियमित उडान गर्न नसकेको कम्पनीले ५ जेट स्ट्रिम जहाज बिक्री गर्न विदेशी कम्पनीसँग छलफल पनि गरिरहेको छ ।
प्रतिक्रिया