बालबिकास केन्द्रका शिक्षक शिक्षिकालाई कान्छी आमाको जस्तै व्यवहार किन ?

बालबिकास केन्द्रका शिक्षक शिक्षिकालाई कान्छी आमाको जस्तै व्यवहार किन ?

 

सुर्खेत  : ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ कि उर्मिला रोकाया थापा शिक्षिका हुन् । उनी जनआधारभुत विद्यालय थापाटोलमा बालबिकास कक्षाका विद्यार्थीलाई पढाउछिन् । उनलाई केही समय अघिसम्म आफु शिक्षिका होइन कि भन्ने कुराले मन पिरोलिन्थ्यो । विद्यालयका अन्य शिक्षकहरुको हेर्ने दृष्टिकोणले आफु कास जस्तैै लाग्थ्यो ।

त्यस्तै बागेश्वरी आधारभुत विद्यालय ठाटीकाँध गाउँपालिका -५ मा कार्यरत जानकी शाहीलाई पनि उर्मिला जस्तै मन पोल्थ्यो । आफु शिक्षिका होइन । अब थप पढाइलेखाइ गरेर शिक्षिका बन्न सकिएन भनेर मनमा बेला बेला विभिन्न तनाब चिन्ताले मन भित्र भित्र घर बनाउथ्यो । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । बिकासमा पढाउने अन्य शिक्षक शिक्षकाको उर्मिला र जानकीका जस्तै तनाब चिन्ताले मनमा डेरा जमाएका थिए ।

ति आफु शिक्षिका होइन भन्नेहरुका मनमा ठडिन लागेका डेराहरुलाई ठाटीकाँधमा रहेको ७ दिने तालिमले भत्किएका छन् । AEIN लक्जेम्बर्गको र ठाटीकाँध गाउँपालिकाकाे सहयोग सोसेक नेपालवाट संचालित सहकार्य परियोजनाद्धारा ठाटीकाँध गाउँपालिकाको ठाटीकाँध बजारमा संचालन भएको ७ दिने तालिमले आफु शिक्षिका होइनकि भन्ने भरम तोडेको सहभागिहरुले बताएका छन् । पहिले आफु विद्यालयमा जाँदा पनि जिन्दगीमा राम्रोसँग पढ्न नपाएको र त्यसले साच्चिकै शिक्षक बन्न नसकिएको भन्ने भरम तोडिएको शिक्षिका कमला शाहीले बताइन् । विद्यालयमा पनि बालबिकास पढाउनेलाई कान्छि आमाको व्यवहार गर्ने,’उनले भनिन्, ‘शिक्षिकाका रुपमा नभएर कासका रुपमा हेर्ने हुन्छ । त्यस्ले गर्दा पनि आफु शिक्षिका होइनकि भन्ने लाग्थ्यो । तर,यो सात दिने तालिमबाट थाहा पाएँ म त शिक्षिका नै रहेछु ।’

यो तालिमले आफुलाइ धेरै कुरा सिकाएको राउटे समुदायमा कार्यरत जोडि शिक्षिक दुर्गा खत्रीले बताइन् । राउटे बस्तिमा आफुले सिकेका कुराहरु बस्तिमा सिकाउने छु,’उनले भनिन्, ‘अक्षर लेखन र खेल विधिबाट राउटे बालबालिकालाई साक्षर बनाउने छु ।’

एइआइएन लक्जेम्बर्ग र ठाटीकाँध गाउँपालिकाकाे सहयोगमा सोसेक नेपालद्धारा संचालित सहकार्य परियोजना ठाटीकाँधमा लागु भएर अहिले यो ७ दिने तालिम पाउदा धेरै कुरा जाने बुझेको जनआधारभुत विद्यालयकि शिक्षिका उर्मिला रोकाया थापाको भनाई छ । विद्यालय पढाउन जान थाले देखि तालिममा नआउन्जेलसम्म आफु शिक्षिका होइन झै लाग्थ्यो,’उनले भनिन्, ‘अहिले यो ७ दिने तालिमबाट धेरै कुरा सिक्न पायौँ । अब विद्यालयमा गएर शैक्षिक सुधारमा जोडतोडले लाग्छौँ ।’

७ दिने तालिममा गाउँपालिकको ६ वटै वडाहरुबाट २० जनाको सहभागिता रहेको सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाकि सामाजिक परिचालक मनसरा बिष्टले बताइन् । ७ दिने तालिममा सहभागिहरुले बालबिकास भवनको व्यवस्थित गर्नुपर्ने । कक्षा १  र २ कक्षाका विद्यार्थीलाई छुट्टा छुट्टैै ठाउँमा राख्नुपर्ने बताएका छन् ।

त्यस्तै पालिका भित्रका सम्पुर्ण बालबिकासमा कार्यरत शिक्षकहरुलाई मासिक एकपटक वा त्रैमासिक एकपटक बैठकमा सहभागि गराउनुपर्ने बताएका छन् । विद्यालयका अन्य शिक्षक तथा प्रधानाध्यापकहरुले आफुलाई शिक्षकका रुपमा नभएर कासका रुपमा हेर्ने नजर परिर्वतन हुनुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृत सामु माग राखेका छन् । हामीलाई विद्यालयमा हेर्ने नजर तल्लो स्तरको हुने र आफुहरुलाई कान्छी आमाको जस्तै व्यवहार भएको र यो परिर्वतन हुनुपर्ने बताएका थिए । ७ दिने तालिमको प्रशिक्षण जानकी देवकोटाले गरेकि थिइन् ।

 

प्रतिक्रिया