स्वयमसेवकहरुका लागि क्षमता विकास तालिम सम्पन्न

स्वयमसेवकहरुका लागि क्षमता विकास तालिम सम्पन्न

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकामा स्वयमसेवकहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन ईन्टनेश्नल नेपालको सहयोग सोसेक नेपालद्वारा संचालित समाबेसि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत समुदायमा रहेका १५ वटा बिद्यालयको कार्यक्षेत्रबाट छनौट गरि पठाएका स्वयमसेवकहरुको लागि क्षमता बिकास पढाइ शिविर सम्पन्न भएको हो ।

तालिम भगवतिमाई गाँउपालिकको भवनमा चलेको थियो भने उक्त तालिम तिन दिनसम्म चलेकोथियो । तालिमको सहजिकरण परियोजना संयोजक बासुदेब उपाध्ययले गरेका थिए । तालिममा पढाइ सीपहरु , कागजको बिभिन्न आकार वनाउदै बालबालिकालाई पढाइ छापामय बना्उने तरिकामा चाहिने सामग्री,र पाँच पढाईका सिपहरु सिद्धान्तहरुको बारेमा सहाजिकरण गरिएको थियो ।

प्रतिक्रिया