सल्यानमा एक महिला मृत फेला

सल्यान : जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटामा एक महिला आफ्नै घरमै मृत भेटिएकी छन् । ३५ वर्षीया टीका खड्का आइतबार बिहान घरमै मृत अवस्थामा भेटिएकी हुन् ।
शनिबार बेलुकी खाना खाएकी खड्का घरकै भान्साकोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । मृत्तक खड्काले हिजोदेखि पेट दुख्ने गरेको बताउँदै आइरहेको बुझिएको प्रहरीको भनाई छ । माइती पक्षले घटना शंकास्पद रहेको र श्रीमानले हत्या गरेको आरोप लगाएका कारण प्रहरीले मृत खड्काका श्रीमान रमेश खड्कालाई नियन्त्रणमा लिएको बताए ।
माइती पक्ष आएपछि प्रारम्भिक कार्य पुरा गरी शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको खनालको भनाई छ । उनका अनुसार रमेशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको अनुसन्धान पश्चात मात्र महिलाको के कारण मृत्यु भएको भन्ने खुल्ने छ ।
धारिलो हतियार प्रहार गरी एक महिला घाइते
यस्तै जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोलामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । मुलखोलाकी ३१ वर्षीया दुर्गा ओलीले गाउँले भाउजु नाता पर्ने ३७ वर्षीया दुर्गी खड्का धारिलो हतियार (खुकुरी) प्रहार गरी घाइते बनाएकी हुन । एक आपसमा सामान्य वादविवाद हुँदा ओलीले खड्कामाथि धारिलो हतियार प्रहार गरेकी हुन ।
घाइते खड्काको सल्यान श्रीनगर स्थित परोपकार अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । धारिलो हतियार प्रहार गर्ने ओलीलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । -सल्यान
प्रतिक्रिया