सांसद अरुण चौधरीको निलम्बन फकुवा
![सांसद अरुण चौधरीको निलम्बन फकुवा](https://snowberry.prixacdn.net/media/gallery_folder/arun-kumar-chaudhari_ztIJvnu4jE_tWMOiq6g0I_0byw45rmnxpcmv8atvlvk0x2mcdtqp8su5pzuvpxmko2wxo4uamymo6u5fsi.jpg)
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।
टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी फैसला कार्यान्वयनका लागि जेल परेकोमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर रिहा भइसकेका छन् ।
प्रतिक्रिया