सिञ्जा गाउँपालिकाका विद्यालयलाई गुनासो सुनुवाइ पेटिका वितरण

सिञ्जा गाउँपालिकाका विद्यालयलाई गुनासो सुनुवाइ पेटिका वितरण

जुम्ला :  जुम्लाको सिञ्जा गाउँपालिकाका विद्यालयलाई गुनासो सुनुवाइ पेटिका वितरण गरिएको छ। विद्यार्थीका गुनासा सुन्नका लागि विद्यालयमा गुनासो सुनुवाइ पेटिका वितरण गरिएको हो ।

विद्यार्थीले शिक्षकलाई गुनासो गर्न गुनासो पेटिका वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तीर्थ वडले बताए । विद्यालयमा हुने हिंसासँग सम्बन्धित विषयमा विद्यार्थीले गुनासो गर्नसक्ने उनले बताए ।

शिक्षकलाई गुनासो सुनुवाइ सम्बन्धी निर्देशिका तथा कार्यविधि अनुसार कार्यान्वयन गर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले निर्देशन दिए ।

प्रतिक्रिया