कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

कालिकोट :  तिलागुफामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०३५६ को ट्रक तिलागुफा नगरपालिका ५ धनडामा ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परी दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका ७ का २८ वर्षका छविप्रसाद चौलागाईको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ । घाइते हुनेमा सोही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

प्रतिक्रिया