सुर्खेतमा आफ्नै कन्चटमा गोली हानेर प्रहरी जवानले गरे आत्महत्या

सुर्खेतमा आफ्नै कन्चटमा गोली हानेर प्रहरी जवानले गरे आत्महत्या

 

काठमाडौँ :  सुर्खेतमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवान २६ वर्षीय कविन्द्र विकले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्चार्ज योगेन्द्र सिंह थापाले जानकारी दिए । आत्महत्याको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान सुरु गरिसकेको उनले बताए ।

थापाका अनुसार कर्णाली दल गणमा कार्यरत उनी दार्चुलाको अपी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया