माओवादी केन्द्र कर्णालीको सचेतकमा मिलन खड्का

सुर्खेत : नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् । बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो ।
परियार हुम्ला प्रदेश सभा १ बाट निर्वाचित भएका थिए भने सचेतक खड्का रुकुम पश्चिमबाट समानुपातिक तर्फ सांसद बनेका हुन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजकुमार शर्माले दलको प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् ।
कर्णालीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले भने दलको प्रमुख सचेतक र सचेतक चयन गर्न सकेका छैनन् ।
प्रतिक्रिया