हजार दिनका आमाहरूलाई पोषण सामग्री वितरण

हजार दिनका आमाहरूलाई पोषण सामग्री वितरण

 

सुर्खेत : दैलेखको महाबु गाउँपालिकाका सुनौला हजार दिनका आमाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ । बिहिवार महाबु गाउँपालिका वडा नं. ३ बासिमा “सबैका लागी पोषण, सधैका लागि पोषण” भन्ने मुल नाराका साथ सुनौला “हजार” दिनका आमाहरूलाई पोषण सामाग्री हाते झोला वितरण गरिएको हो ।

सुनौला हजार दिनका आमाहरूलाई सुरक्षीत खानेपानी जुठ्यान निर्माण, फोहोर पानी संकलन फोहोर ब्यबस्थापन, पोषण तथा सरसफाइ सम्बन्धि ‘एक दिने, अभिमुखिकरण कार्यक्रम समेत संचालन गरिएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्ण कुमार दाहालले गर्भ अवस्थामा खानपानमा ध्यान दिनु महिलाको मुख्य भुमिका भएको बताए । यदि हामीले खानालाई ध्यान दिएनौ भने हाम्रा बालबालिका हरु कुपोषण हुन्छन्, उनले भने ।

यस्तै कृषि शाखा प्रमुख बलबहादुर बिष्टले कृषीमा आधारित रहन र कृषीजन्य फलफूल पोसिलो खाना आफू र बच्चालाई खुवाउने बताए ।, साथै खानेपानी तथा सरसफाइ शाखा प्रमुख दिपक कुमार बिष्टले खानेपानी लाई सुधार गरेर खुवाउने र पोषणयुक्त खाना खुवाउनु अभिभावकको ठूलो भुमिका हो । यस्तै जुठ्यान सफा राख्नु र गर्भ अबस्था भएको बेला पोषण युक्त खाना सफा पानी स्थानीय स्तरमा उब्जेका हरियो सागपात, फलफूल खानु पर्ने बताएका छन् ।

कार्यक्रममा रोजगार सेवा केन्द्र शाखा प्रमुख कृष्ण बहादुर थापाले गर्भ अवस्था वा प्रजनन अवस्थामा के कसरी निर्धारण गर्ने ।, नेपाल सरकारले धेरै महिलाको लागी नियम, कानुन, बनाएको छ । महिलामा हुने घरेलु हिंसा डर, तरास, गराई गर्भ पतन, जबर्जस्ती लिंग पहिचान अथवा भुण पहिचान गराएर यस्ता गर्भ पतन गराएपछि फौजदारी अभियोग लाग्छ। भनेजस्तै कानुनको बिषयमा प्रष्ट पारेका थिए । त्यस्तै बासी स्वास्थ्य चौकी प्रमुख प्रेमबहादुर बिष्ट र पशु सेवा शाखा प्राबिधिक हिम प्रसाद जैसिले आफ्नो भनाइ राखेका थिए ।

महाबु गाउँपालिका लाई पोषण मैत्री वडा मुक्त बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको बताइएको छ । महाबु गाउँपालिका बहुक्षेत्रीय पोषण आयोजनामा गाउँपालिकाभरी करिब १ हजार तीनसय ५० सुनौला हजार दिनका आमाहरुलाई यो कार्यक्रम गरिएको र विपन्न परिवारका सुनौला हजार दिनका ७५ जना आमाहरूलाई यो पोषण प्याकेज कार्यक्रम लागु गरिएको पोषण शाखा संयोजक डिलकुमारी रोकायले बताइन् ।

प्रतिक्रिया