मुलपानी टोलबाट लागुऔषधसहित एक जना पक्राउ

सुर्खेत : वीरेन्द्रनगर मुलपानी टोलबाट लागुऔषध ब्रा्रउनसुगर सहित एक जना पक्राउ परेका छन् । तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय र लागु औषध व्युरो शाखा सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का २१ वर्षीय अशोक बुढालाई शंकास्पद रुपमा हिडिहेको अवस्थामा बिहिवार साँझ ५ बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ परेको बुढाको साथबाट धाँगोले बाधेको २ पुडिया नापजाँज गर्दा २ सय १० मिलिग्राम र प्लाष्टिक बाहिर शुद्ध ९० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
साथै एनसेल र नमस्तेको तीन वटा सिमकार्ड, ब्यान्को कम्पनीको एक थान सादा मोबाईल र रेल्मी कम्पनीको स्क्रिन टच मोबाईल पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले बताए । पक्राउ परेका बुढालाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया