ओलीले सञ्चालनमा ल्याए ‘केपी बा’ युट्युब च्यानल
![ओलीले सञ्चालनमा ल्याए ‘केपी बा’ युट्युब च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-ba_BwFuRoX9Wn_bni4ksormkje8uaqss1fnd3es3mtx5sgpfsuboovknebxsmowpzh8yrehr75.jpg)
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ७१ औँ जन्मदिनको अवसर पारेर बिहीबारदेखि ‘केपी बा’ युट्युब च्यानल सुरु गरेका हुन् ।
आफ्ना अनुभवहरु जनतासमक्षम पुर्याउन च्यानल सञ्चालनमा ल्याइएको ओलीले जनाएका छन् । ओलीलाई एमालेका नेता-कार्यकर्ता र शुभेच्छुकहरु बा भनेर बोलाउँछन् । उक्त सम्बोधनलाई नै ओलीले ‘केपी बा’ नाम दिएर च्यानल खोलेका हुन् ।
उनले युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो पहिलो भिडिओ अपलोड गरेका छन् । उक्त युट्युब च्यानलमा आफ्नो जीवनका अनुभव, राजनीतिक प्रसंग र अन्तर्वार्ताहरुसमेत ओलीका प्रेस संयोजक रामशरण बजगाईँले बताएका छन्।
ओलीले बिहीबार आफ्नो जन्मदिनका अवसरमा बोल्दै युट्युब च्यानल ‘केपी बा’ सुरू गरिएको बताए । उक्त च्यानलमा नयाँ पुस्ताका लागि अनुभव र स्मरणहरु बाँडिने बताएका छन् ।
प्रतिक्रिया