बालबालिकाको स्वास्थ्य परिक्षण सम्बन्धि शिविर सम्पन्न

बालबालिकाको स्वास्थ्य परिक्षण सम्बन्धि शिविर सम्पन्न

ठाटीकाँध : दैलेखको ठाटीकाँध गाउँपालिकामा बालबालिकाको ठाटीकाँध गाउँपालिकामा बालबालिकाको स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । एइ. आई. एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा ठाटीकाँध गाउँपालिकाको वडा नम्बर -४ धनकोटमा सम्पन्न भएको हो ।

बालबालिकाको दिसामा जुका,चुर्ना, औसा आदिको परिक्षण सम्बन्धि १ दिने स्वास्थ्य शिविर कालिका आधारभूत विद्यालय धनकोटमा सम्पन्न भएको बताइएको छ ।

शिविरमा ७६ जना बालबालिकाको परिक्षण गरिएकोमा २ जनामा कब्जियत पाइयो भने बाकि सबैमा सामान्य देखिएको छ ।

प्रतिक्रिया