जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिस्नेलाई

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिस्नेलाई

रुकुम : पुथाउत्तरगंगा गाउँपालिकामा संचालित रुकुम पूर्वको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिस्ने गाउँपालिकाले जितेको छ । ३ स्थानीय तहले प्रतिस्पर्धा गरेको शिल्डमा १० स्वर्ण सहित सिस्नेले शिल्ड जितेको हो । शिल्डमा ९ स्वर्ण सहित भूमे गाउँपालिका दोस्रो भयो ।

५ स्वर्ण पदक जितेको पुथाउत्तरगंगा गाउँपालिका तेस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारले बताए । पुथाउत्तरगंगा गाउँपालिका १० को महेन्द्र माविमा १४ गतेबाट सुरु भएको शिल्ड मंगलबार सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले उद्घाटन गरेको शिल्डको पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले समापन गरेका थिए । शिल्डमा ३ स्थानीय तहका करिब डेढ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । जिल्लाका तीन वटै स्थानीय तहले पालिकास्तरीय शिल्ड संचालन गरेपछि जिल्ला स्तरीय शिल्ड भएको हो ।

प्रतिक्रिया