जुम्लामा एक हप्ते उद्यमशीलता विकास तालिम सुरु

जुम्ला : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका नराकोटमा उद्यमशीलता विकास तालिम सुरु भएको छ । वडा -२ र ४ मा एक हप्ते तालिम सुरु भएको हो ।
गाउँपालिकाको लघु उद्यम विकास शाखामार्फत सञ्चालित गरिएकोसिंजा गाउँपालिका उद्योग शाखा प्रमुख नर्मजङ्ग रोकायाले बताए। उनले स्वरोजगार बन्ने माध्यमका रूपमा यसखालका तालिम सञ्चालन भएको जनाए । उद्यमशीलता विकास तालिम अन्तर्गत व्यवसाय गर्ने तरिका, व्यवसाय सुरुवात गर्ने तरिका, व्यवसायबाट नाफा आर्जन गर्ने तरिका, योजना बनाउने तरिका जस्ता कामहरू सिकाइनेछ ।
बेरोजगार अवस्थामा रहेका मानिसहरूलाई गाउँ गाउँमा नै रोजगार बनाउने हेतुले सुरु गरिएको उनले बताए ।सिप सिकौँ रोजगार बनौँ भन्ने उद्देश्यका साथ सुरु तालिम सञ्चालन गरिएको हो । तालिममा २६ जनाको सहभागिता रहेको छ । आत्मनिर्भरता, उदशीलता, आजको आवश्यकता भन्ने नारा रहेको उद्योग शाखा सहजकर्ता सुस्मिता बुढाले बताइन् ।
व्यवसाय गर्न कठिनाइ भएका व्यवसाय कसरी गर्ने, उत्पादन बढाउने उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने र वस्तुको मूल्य राम्रो पाउने भने बारेमा जानकारी दिने तालिमको उद्देश्य छ । आफैमा आत्मनिर्भरता कसरी बन्न सकिन्छ भने कुरामा थप टेवा पुग्ने पुग्नेछ । भौतिक विकाससँगै मानिसको व्यवहार परिवर्तन र कार्यशैलीको सुधार ल्याउन व्यवसायीहरूलाई पटक पटक उद्योग विकास शाखाले यस्ता कार्यक्रम गरिरहेको छ ।
प्रतिक्रिया