भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ : भारतबाट पेट्रोल डिजेललगायतका इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएको हो । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ ।
जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो । नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ । नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा , डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ ।
प्रतिक्रिया