उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ
![उपेन्द्र र महन्थसँग भोट माग्दै सुवास नेम्वाङ](https://snowberry.prixacdn.net/media/gallery_folder/subash-chandra-nemwang_7yZwSG0ozV_jzun9qjmixvp2fjvunmhckudv0n1ihv5u4z9x8plwz0ahxzq7dyx4lmlnqoy.jpg)
फाइल तस्बीर
काठमाडौँ : एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरुलाई भेटेर भोट माग्ने भएका छन् ।
बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाका नेताहरुसँग भेटवार्ता गरेर मत मागेका उनीहरुले शुक्रबार जसपा र लोसपालाई भेटेर भोट माग्ने भएका हुन् । ‘मत माग्ने क्रम जारी छ । आज शुक्रबार जसपा र लोसपाका नेताहरुलाई भेट्ने कार्यक्रम छ’, एमाले सचिव समेत रहेका नेता योगेश भट्टराईले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्ता सकारात्मक ढंगले भएकाले हामी उत्साहित छौं ।’
जसपा र लोसपा आठ दलीय गठबन्धनमा रहेका छन् । उनीहरुको मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पर्ने निश्चित जस्तै रहेपनि एमालेले मत भने मागिरहेको छ ।
प्रतिक्रिया