त्रिवेणीमा कुखुरा पालन सम्बन्धी तालिम सम्पन्न

सल्यान : सल्यान त्रिवेणी गाउँपालिकाका कुखुरा पालक व्यवसायी किसानलाई कुखुरा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । कुखुरा पालन तथा व्यवस्थापन सम्बन्धित आधारभुत ज्ञान एवं प्रविधि बारेमा तालिम दिइएको हो ।
कुखुरापालकहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहे पनि आधारभुत ज्ञान र प्रविधीका विषयमा तालिम र अभिमुखीकरण नभइरहेको अवस्थामा गाउँपालिकाले तालिम प्रदान गरेको हो ।
तालिममा कुखुरा पालनको अवधि, कुखुरापालन सम्बन्धी विभिन्न विषयबस्तुहरु जस्तै खोर व्यावस्थापन, दाना व्यावस्थापन, स्वास्थ्य व्यावस्थापन, जैविक सुरक्षा लगाएत वजारीकरण सम्बन्धि विषयमा प्रशिक्षण दिइएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । कुखुराको उचित व्यवस्थापन गर्न नसक्दा नोक्सानी वेहोर्नु परेको गुनासो आईरहेका बेला प्रदान गरिएको तालिमले किसानलाई ठुलो लाभ मिल्ने उनको भनाई छ ।
कुखुरापालक किसानहरु लाभान्वित हुने गरी आयोजित तालिमले व्यवसायिक प्रगति गर्न सघाउने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विश्वास व्यक्त गरे ।
समापन सत्रमा बोल्दै रावतले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरी आत्मानिर्भर बन्न सक्नुपर्ने कुरामा जोड दिए ।
प्रतिक्रिया