स्ववियु निर्वाचनका लागि जुम्लामा ८ विद्यार्थी संगठन दर्ता
जुम्ला : आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि जुम्ला बहुमुखी क्याम्पसमा ८ विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् ।
निर्वाचन समितिका सदस्य हिक्मत बुढाथापाका अनुसार नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका हुन् ।
यसैगरी नेमकिपाको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपाको अखिल क्रान्तिकारी विप्लव, एकीकृत समाजवादीको अनेरास्ववियू र स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेका छन् ।
संगठन दर्ता भएसँगै निर्वाचनको चहलपहल तीव्र बढेको छ । विद्यार्थी संघ संगठनहरूले निर्वाचन सम्पर्क कार्यालय खोलिसकेका छन् । जुम्लामा स्ववियु चुनाव १५ वर्षदेखि हुन सकेको छैन ।
प्रतिक्रिया