ठाटीकाँधमा एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम संचालन

ठाटीकाँधमा एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम संचालन

ठाटीकाँध : दैलेखको ठाटीकाँध गाउँपालिकामा एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम संचालन भएको छ । आधारभूत तह (कक्षा १—३) का शिक्षकहरुका लागि एकिकृत पाठ्क्रम सम्बन्धि तीन दिने तालिम  संचालन गरिएको हो ।

एइआइ.एन लक्जेम्बर्गको र ठाटीकाँध गाउँपालिकाकाे साझेदारीमा  सोसेक नेपालद्धारा स‌चालित सहकार्य परियाेजनाकाे आयोजनामा ठाटीकाँध गाउँपालिका शिक्षकहरुका लागि तीन दिने तालिम संचालन भएको बताइएको छ ।

एइआइएन लक्जेम्बर्गको सहयोगमा ठाटीकाँध गाउँपालिकाको साझेदारीमा तथा सोसेक नेपालद्धारा ठाटीकाँध गाउँपालिकामा सञ्चालित सहकार्य परियोजना अन्र्तरगत आयोजित तालिममा २३ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमकोे सहजिकरण बासुदेब उपाध्यायले गरेको परियोजना संयोजक जीबराज रेग्मीले बताए ।

तीन दिने तालिममा सहभागि शिक्षकहरुले उत्साहित हुँदै विद्यालयमा पुगेर तालिम अवधिमा सिकेका सबै कुरा व्यबहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया