सचिव सुनारद्धारा बाल हेल्पलाईन १०९८ र आकस्मिक आश्रय सहितको सेल्टर निरीक्षण
दैलेख : सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव सन्तबहादुर सुनारले सोसेक नेपालद्धारा संचालित बाल हेल्पलाईन १०९८ र आकस्मिक आश्रय सहितको सेल्टर निरीक्षण गरेका छन् । शनिवार सोसेक नेपालको कार्यालय दैलेख बजारमा पुगेर सुनारले निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा सुनारले सोसेकले महिला, बालबालिका र अन्य धेरै महत्त्वपूर्ण कामहरू गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए । निरीक्षणको क्रममा दैलेख जिल्लामा श्रावणदेखि हाल सम्म भए गरेका कामको समीक्षा गरिएको थियो ।
सोसेक नेपालले सचिव सुनारलाई सम्मान तथा स्वागत गरेको थियो । सामाजिक विकास कार्यालय दैलेख मार्फत सेल्टरमा रहेका समस्या सामधानको लागि पठाउने र मन्त्रालय त्यसलाई सम्बाेधन गर्ने बताए ।
प्रतिक्रिया