रुकुम महोत्सवको तयारी अन्तिम चरणमा

रुकुम महोत्सवको तयारी अन्तिम चरणमा

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर -१ को बराहटाकुरामा संचालन हुन लागेको रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको महोत्सव संयोजक डिल्ली परियारले बताए ।

कलाकारसंग सम्झौता गर्ने देखि प्रचारप्रसार, महोत्सव स्थलमा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए । अहिले महोत्सव स्थल बराहटाकुरामा घेरबार, मञ्च निर्माण, स्टल निर्माण र प्रचार प्रसारको काम तिव्र रुपमा भइरहेको परियारको भनाई छ ।

महोत्सव फागुन २६ गते देखि चैत्र ७ गतेसम्म मुसिकोट खलंगाको बराहटाकुरामा संचालन हुने छ । महोत्सवमा कलाकार आर्यन सिग्देल, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, प्रकाश सपुत, एलिना चौहान लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ ।-कखरा

प्रतिक्रिया