ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीद्धारा बरामद

ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीद्धारा बरामद

फाइल तस्बीर

रुकुम :  रुकुम (पूर्व) मा ओडारमा लुकाई राखेको दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । सिस्ने गाउँपालिका-६ रानिकोट जंगलको ओडारमा बेवारिसे अवस्थामा रहेका एकनाले भरुवा बन्दुक २ थान शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया