जगदुल्लामा अन्तर महिला समुह फुटबल प्रतियोगिता हुँदै

जगदुल्लामा अन्तर महिला समुह फुटबल प्रतियोगिता हुँदै


डोल्पा : हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा अन्तर महिला समुह फुटबल प्रतियोगिता हुने भएको छ ।
जगदुल्ला नमुना युवा क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगिता २४ फागुनमा नारी दिवसको अवसरमा खेलाइने छ ।

चुलोचौकोमामात्र सिमित महिलाईहरुलाई मनोरञ्जन पनि होस भन्ने अभिप्रायले खेल आयोजना गरिएको क्लबका अध्यक्ष रामचन्द्र बस्नेत (भाष्कर)ले जानकारी दिए । खेलमा करिब बाह्र देखि पन्ध्र टिमले सहभागीता जनाउने उनले बताए ।

खेलमा बिजेता टिमलाई कप,मेडल,प्रमाणपत्र र नगत पुरस्कारको समेत व्यवस्था रहेको उनको भनाइ छ ।
खेलसँगै वातावरण सम्बन्धि सचेतनामुलक कार्यक्रम पनि रहेको बताइएको छ ।

क्लबनै आयोजक रहेको उक्त खेलमा जगदुल्ला गाउँपालिका,शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज,डब्लु डब्लु एफ को आर्थिक सहयोग रहेको छ ।

प्रतिक्रिया