परिवारबाट समाज सुधारको अभियान थालौं : मुख्य मन्त्री शर्मा

परिवारबाट समाज सुधारको अभियान थालौं : मुख्य मन्त्री शर्मा

रुकुमपश्चिम : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले परिवारबाट समाज सुधारको अभियान थालनी हुनुपर्ने बताएका छन् । रुकुम पश्चिमको चौरजहारीमा आज यातायात व्यवस्था सेवा कार्यालयको सेवा उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले अव परिवारबाट समाज सुधारको अभियान थालनी हुनुपर्ने बताएका हुन् ।

सरकारले मात्र समिक्षा गरेर हुँदैन अव व्यक्ति, परिवार र सिंगो सामाजले नै समिक्षा गर्न आवश्यक रहेको उनको भनाई छ । यसका लागि हरेक परिवारमा दैनिक चुले बैठक हुने पर्ने उनको भनाई छ । ‘चाहे त्यो परिवारमा होस, चाहे त्यो कार्यालयमा होस, हरेक दिन चुले बैठक गर्नुहोस, दिनभरीको समिक्षा गर्नुहोस र भोलीको योजना पनि बनाउनुहोस उनले भने ।’

परिवारले पनि बजेट बनाउन आवश्यक रहेकोमा उनको जोड छ । ‘आम्दानी कसरी बढाउने, उत्पादनलाई कसरी बृद्धि गर्ने, कति खर्च गर्ने भनेर पारिवारिक रुपमा पनि बजेटिङ गर्न आवश्यक छ, उनले भने ।’ खाना पाकुन्जेल देखि खाना खाइसक्दासम्म परिवारका विचमा छलफल र अन्तरक्रिया हुन आवश्यक रहेको उनले बताए ।

व्यक्ति, परिवार हुँदै समाज नै परिवर्तनको खाँचो रहेको औल्याउदै मुख्यमन्त्री शर्माले परिवारकै छलफल र अन्तरक्रियाबाट विद्यमान सामाजिक विकृतिहरु हटाउन सकिने पनि बताए । साथै उहाँले कामचोर संस्कृतिको अन्त्य हुनुपर्ने पनि बताए ।

कामचोर सँस्ककृतिले नै सभ्य समाज निर्माण र सिंगो राष्ट्र निर्माणमा समेत असर गरिरहेको भन्दै कामचोर प्रवित्तिको तत्काल अन्त्य हुनुपर्नेमा उनको जोड छ । त्यस्तै राज्य प्रक्रियामुखि हुँदा समस्या भइरहेको पनि बताए ।-कखरा

प्रतिक्रिया