फागुन ३० मा बनगाड कुपिन्डे नगरपालिकाको हिउँदे अधिबेशन हुने

सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको दसौं कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगरपालिकाको हिउदे अधिबेशन फाल्गुन ३० गते गर्ने निर्णय गरिएको छ ।
नगरपालिका भित्रका ५ लाख भन्दा तलका सडकका योजनाहरुलाई उपभोक्ता समितिबाट काम गर्ने र ५ लाख भन्दा माथीका टेण्डरको माध्यम बाट योजना कार्यन्वयन गर्ने निर्णय गरिएको प्रवक्ता धनबहादुर पुनमगरले बताए ।
केही योजना संशोधन गर्नु पर्ने भएमा फाल्गुन सम्म २८ गते सम्म नगरपालिकामा योजना पेश गरि सक्नु पर्ने प्रवक्ता पुनमगरले बताए । नगरपालिका भित्रका सबै करार कर्मचारी चैत्र मसान्तसम्म सम्झौता गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाको रकमबाट टेन्डर भएको बिधुत छिटै बति बाल्नको लागि तत्काल गर्चे,गाइदुवा, पानेखोला, चिसापानी, गैरेकटेरी, टोलम बिधुत प्राधिकरण सल्यानलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । धान पकेट क्षेत्र १ न वडा र बनगाड खोलालाइ अगाडि बढाउने निर्णय गरिएको छ । बिस्तारै सबै वडामा आवश्यकता अनुसार पकेट क्षेत्र घोषण गरिने समेत बताएको छ ।
प्रतिक्रिया