रामचन्द्र पौडेल र झलनाथबीच भेटवार्ता
![रामचन्द्र पौडेल र झलनाथबीच भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/ramchanda_5K67Y9ZbYG_loz5kyam0zustonoe7eflufrwaharwvsej2cemnznmxmjodfcmw44zxqnbrv.jpg)
काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।
पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् । पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया