जाजरकोटमा झाडापखालाले एकको मृत्यु

जाजरकोटमा झाडापखालाले एकको मृत्यु

सुर्खेत :  जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एकजनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका-७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए ।

गत फागुन १८ गतेदेखि झाडापखाला लागी रोकाको मृत्यु भएको शाहीले बताए । साथै उनका छोरा वर्ष १४ को अनमोल रोका मगर सिकिस्त विरामी भई उद्धार गरिएको उनले बताए । आइतवार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगी प्राथमिक उपचार गरेको शाहीले बताए ।

रोकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । गाउँपालिकामा असोजदेखि औषधि अभाव छ । गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दा समेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीको गुनासो छ ।

प्रतिक्रिया