बालबालिकाको शैक्षिक सुधारमा अग्रसर अभिभावक

बालबालिकाको शैक्षिक सुधारमा अग्रसर अभिभावक

सुर्खेत :  दैलेखको गुराँस गाउँपालिका -५ कि पुर्ण कुमारी रावल वली दैनिक विद्यालय पुग्छिन् । नजिकैको सिद्ध मालिका प्राथमिक विद्यालयमा पुग्नु उनको दैनिकी हो । दुई छोरा र एक छोरी सोही विद्यालयमा अध्यनरत छन् । आफ्ना छोरा छोरीको अध्यनरत विद्यालयमा पुगेर छोराछोरीको अध्यन र शिक्षकले पढाएनपढाएको रेखदेख गर्नु अहिले उनको दैनिकी जस्तै भएको छ ।

उमेरले २५ वर्ष पुगिकी पुर्ण कुमारी छोरा छोरीको अध्यनबारे जानकारी लिन दैनिकजसो विद्यालय पुग्ने गरेको बताउँछन् । पहिला छोराछोरीलाई विद्यालय पठाएपछि घरधन्दाकै काममा व्यस्त हुन्थे,’उनले भनिन्, ‘तर विद्यालयमा जब देखि सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) को सुरुवात भयो तब देखि छोराछोरीको अध्ययनसंगसंगै विद्यालयको अवस्था बुझ्न विद्यालय जाने गरेकी छु ।’

पुर्ण कुमारी एक प्रतिनिधि पात्र मात्र हुन् उनीजस्तै आफ्ना छोराछोरीको पढेनपढेको, विद्यालय पुगेनपुगेको, शिक्षकले पढाए नपढाएकोबारे जानकारी लिन यहाँका अभिभावक विद्यालय पुग्ने गरेका छन् ।

पुर्ण कुमारी जस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -१५ सुर्खेतकि सिता शाहीले पनि यहाँ भर्ना गरेकी छन् । गुणस्तरीय सिकाई र बाताबरणका कारण अन्य विद्यँलयबाट यस सिद्धमालिका प्राथमिक विद्यालयमा भर्ना गरेको उनको भनाई छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) को सुरुवात भएसँगै आफ्ना बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन थालेका छन् ।

सन २०१९ बाट दैलेखको गुराँस गाउँपालिकाका १४ वटा विद्यालयमा नमूना परियोजनाको रुपमा सञ्चालन भएको विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना यस सिद्धमालिका प्राथमिक विद्यालयमा पनि सुरु भएपछि विद्यालयले नियमित अभिभावक बैठक गर्दै आएको जानकारी पुर्ण कुमारी रावल वलीलाई छ । यस्तो बैठकमा विद्यालय सुधार र विद्यार्थीहरुको सिकाई उपलब्धी कसरी वृद्धि गर्न सकिन्छ भनेर छलफल हुन्छ । गुणस्तरीय शिक्षाको विद्यालय निर्माणमा अभिभावकको भूमिका के रहन्छ भन्ने बारेमा पनि शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यबीच छलफल हुन्छ । यिनै छलफलमा सहभागिता भएपछि पूर्ण कुमारीलाई अहिले भने विद्यालयमा नियमित जसो हुने बैठकले छोराछोरीको सिकाई उपलब्धी बढाउन अभिभावकको पनि सक्रिय संलग्नता हुनु पर्ने अनुभूति भएको छ । तर पहिले भने छोराछोरीलाई विद्यालय पठाएपछि आफ्नो जिम्मेवारी पुरा हुन्छ भन्ने उनलाई लाग्थ्योे ।

विद्यालयमा हुने शिक्षक अभिभावक बैठकबाट सिकेका कुरालाई सार्थक बनाउन विद्यालयका हरेक गतिविधिमा पूर्ण कुमारीले सक्रिय सहभागिता जनाउन थालेकी छन् । जब देखि सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) लागु भएपछि विद्यालयमा धेरै परिवर्तन आएको बताइन् । म र मजस्ता अभिभावक मिलेर विद्यालयमा शैक्षिक सामग्री निर्माणमा सघाउँछौ,’उनले भनिन्, ‘विद्यालयमा शिक्षकले बालबालिकालाई राम्रोसँंग अध्यापन गरे न गरेको जानकारी पनि लिन्छौं ।’

परियोजना लागु भएपछि महिनामा एक पटक अनिवार्य अभिभावक शिक्षक बैठक बस्ने गरेको र आवश्यकता अनुसार व्यक्तिगत रुपमा शिक्षक अभिभावकको मात्र बैठक पनि हुने उनी बताउँछन् । यस किसिमको बैठकले आफ्नो बालबालिकाको पढाई अवस्थाको बारेमा आवश्यक जानकारी लिन र सुधार गर्न पर्ने कमजोरीहरु थाहा भएको छ,’उनले भनिन्, ‘पहिला हामीले यस्तो कुरा थाहा थिएन । त्यती चासो पनि राखेको थिएनौं । तर अहिले हामीलाई महशुस भएको छ कि यो त हामीले चासो राख्न पर्ने महत्वपूर्ण कुरा रहेछ ।’

विद्यालय सुधारका लागि पूर्ण कुमारी लगायत यहाँ अध्यनरत बालबालिकाका धेरै अभिभावकहरु बैठकमा नियमित रुपमा आउने र छलफलमा सक्रिय सहभागिता जनाउँने गरेको सिद्धमालिका प्राथमिक विद्यालय विद्यालयकी प्रधानाध्यपक गौरी शाही बताउँछन् । उनका अनुसार अभिभावकहरु बैठकमा नियमित रुपमा आउने र छलफलमा हुने सक्रिय सहभागिताले विद्यार्थीको सिकाइलाई सहजिकरण गर्ने दायित्वबोध गर्नेक्रम उल्लेख्य रुपमा बढेको छ । अभिभावकको संलग्नताले गर्दा विद्यालयमा धेरै कुरामा परिवर्तन आउन थालेकोमा खुशि व्यक्त गर्दछु,’उनले भनिन्, ‘सबैभन्दा ठूलो परिवर्तन भनेकै हाम्रो विद्यालयको सिकाइ उपलब्धी हो । सिद्धमालिका प्राथमिक विद्यालयको सिकाई उपलब्धी २०७७ मा ७१ प्रतिशतमा थियो । २०७८सालमा ८५ प्रतिशत पुगेको छ । यस आर्थिक वर्षको लक्ष्य ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।’

२९ जना बालबालिका अध्ययन गर्ने यो विद्यालयमा अप्रत्यासित रुपमा सिकाई उपलब्धी बढ्नुको मुख्य कारण विद्यालयमा अभिभावकको सक्रिय सहभागिता भएको प्रधानध्यपक शाहीको दावी छ । अहिले त २/४ दिन विदा बस्नु पर्दा पनि अभिभावकलाई जानकारी गराउनै पर्छ,’उनले भनिन्, ‘ एक दिन मात्रै पनि विद्यालयमा हामी शिक्षक विदा बसे फोन नै गरेर आज किन विद्यालय नआउनु भएको हो ? भनेर अभिभावकले सोधखोज गर्नुहुन्छ । विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजनाको सहयोगमा गरिएका सुधारका प्रयासहरुबाट यो परिवर्तन संभव भएको उनको भनाई छ ।

अभिभावकको यो सक्रियताले गर्दा विद्यालयलाई पनि का मगर्न सजिलो भएको अन्य वडाबाट समेत अभिभावकहरुले आफ्ना बालबालिकालाई यस विद्यालयमा भर्ना गर्ने क्रम बढेको उनले बताइन् ।

प्रतिक्रिया