विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य

विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य

 

दैलेख :  दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने भएको छ ।

वडामा कानुन विपरित हुने बाल विबाह निषेध गरिएको र २०७९ फागुन १२ गते वडा समिती बैठकको निर्णय अनुसार वडा भित्र बैवाहिक कार्य गर्नुपर्ने भएमा विवाह पूर्व नै वडा कार्यालयबाट सिफारिस लिनुपर्ने गुराँस गाउँपालिका वडा अध्यक्ष दिपेन्द्र ओलीले जानकारी दिए ।

यस्तै ३५ दिनभित्र विवाह दर्ता गर्न आउँदा यो अनुमतिपत्र पनि लिएर आउनुपर्ने वडाले जारी गरेको सुचनामा भनिएको छ ।

 

प्रतिक्रिया