बनगाड कुपिण्डे नगर अध्यक्षमा बुढाथोकी

बनगाड कुपिण्डे नगर अध्यक्षमा बुढाथोकी

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगर समितिको बैठक सम्पन्न भएको छ । बैठकले दुर्गा बहादुर बुढाथोकीको अध्यक्षतामा ७३ सदस्सीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा वीर बहादुर बुढामगर, कुल बहादुर पुरी, अमृत पुन, सचिव जीवन सिङ्ग ठकुरी ,सह सचिव डिल्ली बहादुर वि.के. र कोषाध्यक्ष विमल गन्धर्व पुन रहेका छन् ।

बैठकमा बोल्दै केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेकबहादुर बस्नेतले माओवादीको एजेन्डामा देश चलिरहेको र देश गम्भीर अवस्थामा गएको र त्यसको पहलको लागि माओवादी नै प्रमुख भएको बताए । सत्य जहिले अनि अल्पमतमा हुने भएपछि अन्ततः सत्यको नै जीत हुने उहाँको भनाई छ । राष्ट्रिय राजनीति तरल र जटिल अवस्थामा भएको बताउँदै बस्नेतले त्यसको निराकरण फेरि माओवादीले नै गर्ने दावी गरे ।

यस्तै कर्णाली प्रदेश उपाध्यक्ष तथा बनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकीले अहिले माओवादीले भने जस्तो सत्ता आएको नभई सरकारमा मात्र आएकोले केही समस्या भएको बताए । स्थानीय सरकारलाई १० प्रतिशत बजेट भएको त्यसले सबै स्थानीय जनताको विकासमा सहयोग गर्नु नसकिने उनको भनाई छ ।

समस्या बजेटको ३० प्रतिशत बजेट भएमा केही ठुलो भुमिकामा विकास निर्माण कार्य गर्न सकिने बताए । सबिधानमा सबै व्यवस्था दिएको तर अधिकार सबै केन्द्रमा राखिएकोले यस्तो अवस्था आएको उनको भनाई छ । अहिले सम्म शिक्षा, स्वास्थ्य, कर्मचारी कुनै ऎन न आएको र हिजो पन्चायत व्यवस्थामा बिषयगत शिक्षकले पढाउने गरेकोमा अहिले संघीयता आए पनि व्यवहारमा न आएको उपाध्यक्ष बुढाथोकीले बबताए । पार्टी ठिक ठाउँमा आएपछि सरकार ठिक ठाउमा आउने बताए ।

केन्द्रिय सदस्य कृति बहादुर पुनले पार्टीले २ महिने अभियान सन्चालन गर्ने निर्णय गरेको बताए । वर्ग पार्टीको दृढ विश्वासको लागी वर्ग छुट्याउनु पर्ने बताए । दुई महिने अभियानमा वडामा जनवर्गीय संघ संगठन बनाउने नविकरण गर्ने , माओवादी विचारधारा राख्ने लगायतका कार्यक्रम हुने पुनले बताए ।

प्रतिक्रिया