रुकुम पश्चिमका बलराम हिमालय लोक स्टारको टप १६ मा प्रवेश

रुकुम पश्चिमका बलराम हिमालय लोक स्टारको टप १६ मा प्रवेश

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ गरायलाका बलराम विश्वकर्मा हिमालय लोक स्टारको अन्तिम १६ अर्थात भोटिङ राउण्डमा प्रवेश गरेका छन् । डिजिटल अडिसन हुँदै विभिन्न राउण्डहरु पार गर्दै विश्वकर्मा टप १६ मा प्रवेश गरेका हुन् ।

अहिलेसम्म निर्णायकको मुल्यांकनका आधारमा अघि बढिरहेका विश्वकर्माको लोक स्टारको यात्रा अव भोटिङमा निर्भर रहने छ । मंगलबार देखि भोटिङ राउण्ड सुरु भएको हो । जसमा १६ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । अव दर्शकले आफूलाई मनपर्ने कलाकारलार्ई भोट गर्दै जिताउन सक्नेछन् ।

यस साताको एपिसोडमा विदेशमा बसोबास गर्ने नेपालीको दुःख पीडालाई लिएर प्रतिस्पर्धीले प्रस्तुति राखिरहेका छन् । विश्वकर्माले आफुलाई भोट दिएर अगाडी बढाउन अनुरोध गरेका छन् । अन्तिम १६ मा उनले मंगलबार प्रस्तुति राखिसकेका छन् । अव आफ्नो लोक स्टारको आगामी यात्रा दर्शकको भोटमा निर्भर रहेको भन्दै उनले भोट गरेर सहयोग गर्न सबै सामु अनुरोध गरेका छन् ।

उनलाई भोट गर्नका लागि आइएमई पे मोबाइल एप आवश्यक पर्छ । उनको भोटिङ कोड ०१ रहेको छ । मोबाइलको प्ले स्टोरमा गएर आइएमई पे एप डाउनलोड गरी त्यसबाट भोट गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया