प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने
![प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_7dsXYo2Swl_xo8hgnxyr0ym02yvkd8qeb2ke7i3w9wzzlx8htzuxspk91cejk9gdgaytotm.jpg)
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् ।
प्रतिक्रिया