कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै
![कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/chandra-bhandari_I5iXRIxFYc_80wafcafjopsqpg5nkvxq4opxf2vghmdya9ljjfctxjra5f42ph8clfrvnzr.jpg)
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा.भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । “डा भण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, भण्डारीका दाजु मीनप्रसादले भने ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
प्रतिक्रिया