आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यू

आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यू

उदयपुर : रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको मृत्यू भएको छ ।

रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।  गएराति घरमा बिजुली सर्ट भएर घर जलेको बताइएकाे छ ।

घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुङ्गेली मगरले बताए । आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय बासिन्दा, प्रहरी समेतकाे प्रयासले  हिजो बेलुका नै आगाे निभाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया