नेकपा एसद्धारा सल्यानमा २ महिने संगठन सुदृढीकरण अभियान शुरु
![नेकपा एसद्धारा सल्यानमा २ महिने संगठन सुदृढीकरण अभियान शुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/salyann2_OoSIpssev3_35md3ihq7jujfuwlvhxdummkbpun4heb7z3lstq1s3bzzx2mwswje2dz6iy4.jpg)
सल्यान : सल्यानमा नेकपा एकीकृत समाजवादीले पार्टी संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । शनिवार देखी जिल्लाका दश वटै स्थानिय तहमा एकै साथ २ महिने पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको हो । पार्टीलाई सशक्त, बलियो र जनताको माझमा लैजानको लागि दुई महिने संगठन सुदृढीकरण अभियान शुरु भएको जनाइएको छ ।
अभियान अन्र्तगत दशवटै पालिकामा बैठक, भेला, प्रशिक्षण कार्यक्रम, कमिटीहरू गठन, अध्यावधिक गर्ने, सदस्यता नविकरण गर्ने लगाएतका कार्यक्रम सञ्चालन शुरु भएको नेकपा एकीकृत समाजवादी सल्यानका अध्यक्ष हरि केसीले जानकारी दिनुभएको छ । पार्टीलाई जनताको माझमा स्थापित गर्नको लागि यो अभियान शुरु गरिएको उहाँको भनाइ छ ।
उहाँले संगठन सुदृढीकरण अभियानका लागि केन्द्र देखी पालिकासम्मका नेताहरु परिचालन गरिएको बताउनुभयो । अन्तरपालिकाहरुमा सहजकर्ता र सहसहजकर्ता समेत तोकेर अभियान शुरु गरिएको छ । शारदा नगरपालिकामा अभियानको शुरुवात गर्दै पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज भद्रसिंह बुढाले पार्टीलाई बलियो बनाउदैँ अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा अभियानको शुरुवात गर्दै केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज लोक बहादुर डाँगीले पार्टीलाई लोकप्रिय र संगठनलाई बलियो बनाउन सबै नेताकार्यकर्ता एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया