विश्व हिन्दु महासङ्घ नेपाल अध्यक्षमा शाह

सल्यान – विश्व हिन्दु महासङ्घ नेपाल, सल्यान शाखाको अध्यक्षमा आनन्द कुमार शाह निर्वाचित हुनुभएको छ । महासङ्घको प्रथम जिल्ला सभा ले शाहको अध्यक्षतामा ४७ सदस्सीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा सन्तोष कुमार राई, उपाध्यक्ष नारायणप्रसाद शर्मा, अम्बरकुमार शर्मा, वीरेन्द्र प्रकाश भण्डारी चयन हुनुभएको छ । त्यस्तै सचिवमा चेतकान्त उपाध्याय शर्मा, कोषाध्यक्षमा रामसिंह बुढाथोकी चयन हुनुभएको छ भने सहसचिवमा शिवकुमार शर्मा, सुशीला शर्मा र तेज बहादुर श्रेष्ठ हुनुभएको छ ।
प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सनातन सम्पदा संरक्षण समिति प्रदेश समिति लुम्बिनीका अध्यक्ष डा। भोलानाथ योगील हिन्दु धर्मभित्र ज्ञानको विशाल भण्डार रहेको र हाम्रो जीवनशैली सीतै जोडिएकोले सङ्कुचित अर्थमा बुझ्न नहुने बताउनुभयो । महासङ्घलाई देशव्यापी र हिन्द धर्मको छाता सङ्गठनको रुपमा अगाडि बढाउन सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विश्व हिन्दु महासङ्घ नेपालका कर्णाली प्रदेश अध्यक्ष ऋषिकेशजंग शाह, केन्द्रीय सदस्य गुमानसिंह बस्नेत र लुम्बिनी प्रदेशमा रहेर विभिन्न सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका खुमानन्द अधिकारी लगायतको सहभागिता थियो ।
त्यस्तै सभामा शारदा नगरपालिका वडा नं। १ का वडाध्यक्ष प्रदीप पाण्डे, उद्योग वाणिज्य सङ्घ श्रीनगर सल्यानका अध्यक्ष कुमार बुढाथोकी लगायतले शुभकामना दिनुभयो ।
साथै मन्तव्यको क्रममा धर्म तथा संस्कृति संरक्षणमा युवाहरूको सहभागिता बढाउनुपर्नेमा पनि जोड दिनुभयो । प्रदेश अध्यक्ष ऋषिकेशजंग शाहले हिन्दु धर्म नेपालको पहिचान र गौरवको विषय भएकोले अब विश्वविद्यालयहरूमा पठनपाठन गराउनुपर्ने, विद्यापीठहरू सञ्चालन गर्नुपर्ने गाईको महत्त्वलाई बुझेर गौ संरक्षणमा जोड दिनुपर्ने लगायतका विषयमा प्रस्ट पार्नुभयो ।
तदर्थ समितिका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्माले जिल्लामा हालसम्म भए गरेका क्रियाकलापको आर्थिक तथा प्रगति प्रतिवेदन पेस पारित समेत गरेको छ ।
विश्व हिन्दु महासङ्घ नेपाल राष्ट्रिय समितिको विधान बमोजिम गठित जिल्ला कार्यसमितिले २०६२ सालदेखि नै विविध क्रियाकलाप गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयबाट विधानबमोजिमको शाखा सञ्चालनको स्वीकृति पाएको आधारमा प्रथम जिल्ला सभा सम्पन्न भएको हो ।-सल्यानखबर
प्रतिक्रिया