माओवादी घटकहरूको अन्तरक्रिया स्थगित

माओवादी घटकहरूको अन्तरक्रिया स्थगित

 

काठमाडौँ- माओवादी घटहरूले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया स्थगित भएको छ।

छलफल कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताउनुभयो ।

सर्वोच्च अदालतले युद्धकालिन मुद्धालाई नियमित प्रक्रियाबाट हेरेपछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् । सोहीबारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरूको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए ।

गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन् ।

सोही बिषयमा माओवादी धारका पार्टीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् ।

प्रतिक्रिया