एपानको सम्मेलन उद्घाटन हुने

काठमाडौँ – एशिया प्यासिफिक एडभान्स नेटवर्क (एपान)को ५५औं सम्मेलन उद्घाटन हुने भएको छ ।
उक्त सम्मेलन नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो। सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधि सहभागी छन् । कार्यक्रमको औपचारिक उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुहुनेछ ।
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विभिन्न अनुसन्धान र सहकार्य गर्दै आएको एपान एशिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाको सहकार्यमा स्थापित संस्था हो ।
एपानले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक संस्थाहरूको संयोजन तथा विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्धन र विभिन्न विश्वविद्यालयहरूसँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तरराष्ट्रिय सम्मेलन यस क्षेत्रका विभिन्न राष्ट्रमा आयोजना गर्दै आएको छ ।
सम्मेलन चैत ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने र सम्मेलन अवधिभर ५५ भन्दा बढी सत्र सञ्चालन हुनेछन्।
प्रतिक्रिया