जनउत्थानद्धारा दुइ दिने डल कुशन बनाउने तालिम सन्चालन

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर -६ मा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले समुह सदस्यका लागि डल कुशन तालिम संचालन गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “घ” इजाजत प्राप्त जनउत्थान सामुदायिक लघुबित्त वित्तिय संस्था लिमिटेडले आफ्ना समुह सदस्य हरुलाइ संस्थाको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गतको दुइ दिने डल कुशन बनाउने तालिम सन्चालन गरेको हो ।
उक्त तालिम बिरेन्द्रनगरको होटल आमाको भान्सा घरमा सन्चालन भएको बताइएको छ । उक्त तालिम २९ र ३० गते गरि दुइदिनसम्म संचालन भएको उक्त तालिम सुमुन्द्र सुनाम ले प्रशिक्षण गर्नुभएको थियो ।
संस्थाको शाखा कार्यालय वीरेन्द्रनगरका शाखा प्रमुख बुद्धिसागर बिश्वकर्माको सभापतीत्वमा सन्चालित उक्त तालिमको उद्घाटन कार्यक्रमको स्वागत मनतब्य संस्थाको फिल्ड कर्मचारी दुर्गा थापाले राख्नु भएको थियो ।
त्यस्तै विशेष अतिथीको रुपमा प्रशिक्ष समुन्द सुनाम रहनु भएको थियो । कार्यक्रमको संचालन फिल्ड कर्मचारी हरि चौधारीले गर्नु भएको थियो । दुई दिन सम्म सन्चालित उक्त तालिममा करिव ३५ जनाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया