सल्यानका ६ मा निर्विरोध, १ मा निर्वाचन

सल्यान – जिल्लाका सल्यान बहुमुखी क्याम्पस खलंगा, जनकल्याण क्याम्पस थारमारे, फारुला बहुमुखी क्याम्पस फारुला, बनगाड क्याम्पस बनगाड, शिवजन र शारदा क्याम्पस शंखमूलमा सर्वसम्मत स्ववियू सम्पन्न भएको हो ।
सल्यान बहुमुखी क्याम्पसमा राजेश वली, शिवजन क्याम्पसमा बुलन्द बाबु सेजवाल, शारदा क्याम्पस शंखमूलमा एलिना श्रेष्ठ, जनकल्याण क्याम्पस थारमारेमा एकराज वली, फारुला बहुमुखी क्याम्पसमा वरुण न्यौपाने, र बनगाड क्याम्पसमा अजय विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।
कपुरकोट बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी रहेको निर्वाचन संयोजक दिनेश केसीले बताउनुभयो ।नेविसंघलाई शिवजन क्याम्पस (शीतलपाटी) र शारदा क्याम्पस (शंखमूल), माओवादी केन्द्र निकट अनेरास्ववियू ९क्रान्तिकारी०लाई बनगाड क्याम्पस (बनगाड), फारुला बहुमुखी क्याम्पस (फारुला) र जनकल्याण क्याम्पस (थारमारे) र एमाले निकट अनेरास्ववियूलाई सल्यान बहुमुखी क्याम्पस (खलंगा) र एकीकृत समाजवादी निकट अनेरास्ववियूलाई कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट दिने सहमति भएको थियो ।
सल्यानमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अनेरास्ववियू समाजवादी, अखिल (क्रान्तिकारी) विप्लव निकट, रा.प्र.वि. संघ नेपाल लगायतका संगठनले सहमतिमा जाने निर्णय गरेका थिए ।
प्रतिक्रिया