पोषण स्वास्थ्य सम्बन्धि सार्वजनिक सुनुवाइ

पोषण स्वास्थ्य सम्बन्धि सार्वजनिक सुनुवाइ

सल्यान – जिल्लाको कालीमाटी गाउँपालिकामा पोषण स्वास्थ्य र सामाजिक सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कालीमाटी गाउँपालिका ३ स्थित वडा कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागीले पोषणको क्षेत्रमा गाउँपालिकाले लगानी बढाउनुपर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।

गाउँवेशी सुचना केन्द्र सल्यानको सहरीकरणमा भएको कार्यक्रमका प्रमुख जबाफदेही बत्ता गाउँपालिका अध्यक्ष दान बहादुर केसीले पोषण स्वास्थ्य सुधारका लागि राज्यको सामाजिक सुरक्षा कार्यक्रम उपयोगी रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि पालिका सक्रिययताका साथ लाग्ने प्रतिबद्धता जनाउनु भयो । राम्रो पोषण पाएमा व्यक्ति शारीरिक तथा मानसिक रुपमा सक्षम हुने र उसले समुदायमा सहभागी हुन, सकारात्मक योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटहरूसँग लड्न समर्थ हुने बताउनु भयो ।

सहभागीहरूले पोषण सुधारका लागि करेसाबारीीमा तरकारी खेतीका लागि आवश्यक सहयोग हुनुपर्ने, बाल पोषणका लागि राज्यले उपलब्ध गराउने रकम कम भएकाले वृद्धिका लागि पहल गर्नुपर्ने सुझाव दिएका थिए । गाउँपालिकाको कृषि, पशु, स्वास्थ्य लगायतका शाखाबाट सञ्चालन भइरहेका पोषण सम्बन्धी कार्यक्रमको बारेमा शाखा प्रमुखहरूले प्रस्तुति राखेका थिए भने सहभागीको जिज्ञासाको जवाफ पनि दिएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, वडा नम्बर २ का वडाध्यक्ष इन्द्र बहादुर वली, ३ का वडाध्यक्ष शिव बहादुर केसी, कार्यपालिका सदस्य सुमित्रा राना लगायतका जबाफदेही वक्ताको रुपमा रहेका थिए ।

प्रतिक्रिया