उपभोक्ता जागरुक हुनुप्रर्छ : उप–प्रमुख थापा

उपभोक्ता जागरुक हुनुप्रर्छ : उप–प्रमुख थापा

जाजरकोट –  विश्व उपभोक्ता अधिकार दिवस जाजरकोटमा पनि मनाईएको छ । उपभोक्ता हितका विषयमा सचेतनामुलक कार्यक्रम गरि मनाईएको हो ।

१५ मार्च १९६२ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च १५ मा यो दिवस मनाइन्छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा थलह बजारमा आयोजना गरिएको सचेतनामुलक कार्यक्रममा छेडागाड नगरपालिका उप–प्रमुख चन्द्रबहादुर थापाले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ ।

थापाले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न समेत आग्रह गर्नुभयो । “उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्छ”, उप –प्रमुख थापाले भन्नुभयो,“यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो छ ।”

उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा नगरपालिकाले कानूनको निर्माण र उपभोक्ताको अधिकारलाई मजबुत गर्न प्रयास गरिरहेको र आमागी दिनमा गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया