बाजुराको बुढीनन्दा क्याम्पसमा झडप

फाइल तस्बीर
कैलाली- बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएपछि मतदान रोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनलाई लिएर नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।
मतदानका क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभयो । प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रु ग्याँस र हवाई फायर समेत गरेको थियो ।
मतदान सुरु भए लगत्तै विवाद भएको थियो फेरि समस्या हल गरेर मतदान गरिएकोमा पुनस् झडप भए पनि अहिले मतदान अवरुद्ध रहेको प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभयो ।
प्रतिक्रिया