सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

सुर्खेत – जिल्लाको सिम्ता गाउँपालिका रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै वियजी भएको छ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी भएको हो ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा घनश्याम रेग्मी उम्मेदवार बनेका थिए। उनको पक्षमा ७० मत खसेको हो । ७० मत प्राप्त गरेसँगै रेग्मीको प्यानलको नै विजयी भएको हो ।
यस्तै, ६९ मत प्राप्त गर्दै सचिवमा कृष्ण रावल, कोषाध्यक्षमा शंकर सोनीले ७० मत प्राप्त गरेका छन् । अनेरास्ववियुको सदस्यहरुमा गिता मल्ल, सिर्जना श्रेष्ठ, हिर्माकुमारी रावलले क्रमश ६९, ७२, ७० मत प्राप्त गरेर विजयी भएका छन् ।
यस्तै, नेपाली कांग्रेस पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनबाट अध्यक्ष पदका लागि खगेन्द्र सापकोटा उम्मेदवार बनेका थिए । उनले जम्मा ६२ मत प्रास्त गरेका छन् ।
सचिव पदका उम्मेदवार कविता बुढाले ६४ मत, कोषाध्यक्ष पदका उम्मेदवार कल्पना घर्ति मगरले ६३, सदस्य पदका उम्मेदवार कविता मल्लले ५९, चन्द्रलाल करालाले ६० मत र निर्मला योगीले ६३ मत प्राप्त गरेका छन् ।
यस क्याम्पसमा जम्मा १४९ मतदाता रहेका थिए। भने १३४ मत खसेको थियो ।
प्रतिक्रिया