सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत –  सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

चैत ५ गते आइतबार भएको निर्वाचनबाट एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतिले ९६७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

सिजापतिले नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच भनेको गठबन्धनबाट उम्मेदवार बनेका क्रान्तिकारीका हिक्मत शाहीलाई पराजित गर्नुभएको हो ।

गठबन्धनका शाहीले ४८८ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकाल विजयी हुनुभएको छ । उनले ९०४ मत प्राप्त गर्नुभएको हो ।
ढकालले गठबन्धनबाट उम्मेदवार नेवि संघका मिलन बिसीलाई पराजित गर्नुभएको हो । बिसीले ४७२ मत प्राप्त गरेका छन्।

यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ललिता राना ७७० मतसहित विजयी हुनुभएको छ ।

रानाले गठबन्धनबाट उम्मेदवार अखिल क्रान्तिकारीका रामशरण विकलाई पराजित गरेका हुन् ।
विकले ४५० मत प्राप्त गरेका छन् ।

यस्तै, सदस्यहरूमा अनेरास्ववियुका सबै सदस्य विजयी भएका छन् ।

सदस्यहरु :-
१) भरत शाही ८५४
२) राधा रिजाल ८५९
३) गगन आले ८८४
४) जुद्द रोकाय ८८८
५) दिपेन्द्र शाही ८३०
६) महेन्द्र खड्का ७९३
७) निरा जैशी ८५०
८) अशोक बराल ८६९

यस क्याम्पसमा जम्मा १६८१ मत खसेको थियो।

प्रतिक्रिया