राष्ट्रका लागि संगीत अभियात्रा

सुर्खेत – ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान ल्याएर सुर्खेत पुगेको जनवादी कलाकारहरुको टोलीले आफ्नो संगीत अभियात्रा प्रस्तुत गरेको छ ।
वीरेन्द्रनगरको सिटी हलमा १६ जना जनवादी कलाकारहरुले एउटै स्वरमा देशमा परिवर्तनका लागि एकताको आह्वान गरे । कलाकारहरुले देशको अस्तित्व रक्षाका लागि भएपनि कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन् ।
कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहनुभएको छ ।
प्रतिक्रिया